१९ बैशाख २०८१, बुधबार

प्रदेश प्रमुख तोक्ने सरकारको तयारी


२ माघ, काठमाण्डौ । सातवटै प्रदेशका प्रमुख तोक्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार एमाले र माओवादीका नेताहरुसँग छलफल गर्दैछन् । यो छलफलपछि दिउँसो मन्त्रिपरिषद बैठक बोलाइएको छ ।

छलफलका लागि एमाले र माओवादीका नेताहरुलाई बिहान ९ बजे बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । देउवाले आजै पार्टीका शीर्ष नेताहरुसँग पनि परामर्श गर्ने तयारी गरेका छन् ।

मंगलबार दिउँसो चार बजे मन्त्रिपरिषद बैठक बस्ने तय भएको र सम्भवत सोही बैठकवाटै प्रदेश प्रमुख तथा प्रदेशको अस्थायी सम्पर्क कार्यालय खोल्ने निर्णय हुने छ ।
प्रदेश प्रमुख र प्रदेशको अस्थायी कार्यालय तोक्ने सबै तयारी पूरा भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले वताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !