काठमाडौं । नेकपा ओली समूहको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा पुगेका छन् । ओलीतिर लाग्न नदिन प्रचण्ड र माधव नेपाल समूहले आग्रह गर्दै आएपनि गृहमन्त्री थापा बिहीबार बालुवाटारमा जारी बैठकमा सहभागी भएका हुन् ।
गृहमन्त्री थापाले ओलीसँग सहअध्यक्षको माग गरेका छन् । ओली पक्षले पनि बादललाई कार्यकारी अध्यक्षसम्म बनाउने सम्मको अफर गरिएको छ ।