८ जेष्ठ २०८१, मंगलबार

देउवासामू संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्न पौडेलको माग


ramchandra poudel

१ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा सामू संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्न माग गरेका छन् । प्रधानमन्त्री समेत रहेका देउवाले सोमबार पार्टीका प्रभावशाली नेताहरुलाई बोलुवाटार बोलाएका थिए ।

बैठकमा राष्ट्रियसभा निर्वाचनका साथै प्रदेश प्रमुख तथा प्रदेशको अस्थायी मुकाम तोक्नेबारे छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । बैठकमा आफूले भने पार्टी केन्द्रीय कार्यसमितिको बैठक तत्काल बोलाउन माग गरेको नेता पौडेलले बताए ।

‘पार्टी सभापतिजीसँग कुरा भएको छ’ कांग्रेस वरिष्ठ नेता पौडेलले भने, ‘मैले विधान विपरीत भएकाले संसदीय समिति र कार्यसम्पादन समिति दुवै खारेज गर्न माग पनि गरेको छु ।’ पार्टीमा करेक्सन जरुरी रहेको भन्दै पौडेलले त्यसको सुरुवात यहीँबाट हुनु पर्ने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !