७ बैशाख २०८१, शुक्रबार

संसद् अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक : सभापति देउवा


शेरबहादुर देउवा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद् सम्वन्धी अध्यादेश ल्याएकोमा’ पार्टीको विमति रहेको जनाएका छन् ।

सरकारले आज संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेपछि उनले सामाजिक सञ्जाल मार्फत सो टिप्पणी गरेका छन् । ‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक’ रहेको पनि उनले जनाएका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘उपसभामुख पद खाली राखेर , सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ । यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ । यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ !’

यो पनि पढ्नुहोस्

भोलि बस्ने भनिएको संवैधानिक परिषद्को बैठकमा देउवा नजाने, अव के होला बैठक ?

ओली र देउवाबीच भेटवार्ता : संवैधानिक परिषद्को नियुक्तिमा भागबण्डा गर्ने

देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा पार्टी गम्भीर छः सभापति देउवा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !