२० बैशाख २०८१, बिहिबार

नेकपाभित्रको आन्तरिक विवाद चुलिएको भेलमा चिनियाँ राजदूत यान्छी र दाहालवीच भेटवार्ता, के कुरा भयो ?


होउ यान्छी

काठमाडौं । नेकपाभित्रको आन्तरिक विवाद चुलिएको भेलमा पार्टी का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज भेटवार्ता गरेकी छिन् ।

राजदूत यान्छीले अध्यक्ष दाहालको निवास खुमलटार पुगेर भेटवार्ता गरेकी हुन् । स्रोतले जनाएअनुसार उक्त भेटवार्तामा नेपाल–चीन द्धिपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको थियो । राजदूत यान्छीले चिनियाँ राष्ट्रपति सि जिनपिङले लेखेको पुस्तकसमेत उपहार दिएकी थिईन् । नेकपाभित्रको आन्तरिक विवाद चुलिएको भेलमा राजदूत यान्छीको सक्रियता बढेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !