१३ पुस २०८१, शनिबार

वीरगञ्जको अनसनमा फोरम नेताहरु पनि सहभागी


birganj

२५ पुस, वीरगञ्ज । प्रदेश २ को राजधानी वीरगञ्जलाई बनाउनुपर्ने मागमा भइरहेको आन्दोलनमा संघीय समाजवादी फोरमका नेताहरु पनि सहभागी भएका छन् । पार्टीले आधिकारिक निर्णय नगरेपनि फोरमका केहि नेता रिले अनसनमा सहभागी भएका हुन् ।

फोरम नेपालका नेता शशीकपुर मियाँको नेतृत्वमा नेताहरु रुदल ठाकुर, विरेन्द्र यादव, फिरोज मंसुर, सुधिरनाथ पाण्डे, रामआज्ञा कुशवाहा, प्रमोद यादव, विकास चौधरी लगायत पाँचौ दिनको अनसनमा सहभागी भएका छन् । समानुपातिकबाट प्रदेशसभा सदस्यमा चयन भएकी फोरम नेतृ भीमा यादवले पनि अनशनमा सहभागीता जनाएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !