७ बैशाख २०८१, शुक्रबार

पार्टी दुई कुराको आधारमा चल्छ : अध्यक्ष प्रचण्ड


पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी दुई कुराको आधारमा चल्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘पार्टी मुख्यत: दुई कुराको आधारमा चल्छ । एउटा विचार – राजनीति र दोस्रो विधि – पद्धति ।’

पार्टी विधि र पद्धतिमा नचलाएको भन्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आलोचना हुँदै आएको बेला प्रचण्डको यस्तो टिप्पणी आएको हो । आफ्नै पार्टी नेकपाभित्र आफू र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीवीच उत्पन्न विवादलाई लक्षित गरी उनले आज शनिबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

ओली-प्रचण्डको व्यक्तिगत शक्ति सघर्षले लगभग पार्टी फुट्नेसम्मको अवस्थामा पुगेको बेला प्रचण्डले सन्दर्भ नखुलाएपनि नेकपाभित्रको संकटसँग जोडेर अभिव्यक्ति दिएको हुनसक्ने अनुमान गर्न सकिन्छ । साथै पार्टीभित्र पत्र-युद्धको स्थिति आएको र प्रचण्डले एकल प्रस्ताव सचिवालयमा पेश गरेपछि नेकपा फुटको निकट पुगेको विश्लेषण पनि भइरहेको छ ।

प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति तीव्र आक्रोश व्यक्त गर्दै आएका अध्यक्ष प्रचण्डले को यो टिप्पणीलाई नेकपावृत्तभित्र निकै अर्थपूर्ण रुपमा लिइएको छ । नेकपालाई फुट्न नदिने प्रयत्न कतिपय नेताहरुले गरिरहेतापनि यसको ठोस आधार तयार गर्न सकेका छैनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !