२१ बैशाख २०८१, शुक्रबार

एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक बस्दै


प्रचण्ड र के पी शर्मा ओली

२५ पुस, काठमाण्डौ । नेकपा एमाले र माओवादी केन्द्रको आज पहिलोपटक पार्टी एकता संयोजन समितिको बैठक बस्दै छ । बैठक दिउँसो तीन बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने छ ।

बैठकले राजनीतिक-बैचारिक र पद बाँडफाँटको विषय मिलाउन छुट्टाछुट्टै कार्यदल गठन गर्ने नेताहरुले बताएका छन् । एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल छन् ।

यसैगरी माओवादी केन्द्रवाट अध्यक्ष प्रचण्डसहित, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सदस्य छन् । दुबै दलका नेताहरुले पार्टी एकता र नयाँ सरकार गठन सँगसँगै अघि बढाउने तयारीसमेत गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !