२२ बैशाख २०८१, शनिबार

पार्टी एक ढिक्का राख्न मन्त्री छोड्न तयार छु : पर्यटनमन्त्री भट्टराई


योगेश भट्टराई

वीरगञ्ज । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पार्टीलाई एक ढिक्का राख्न आफू मन्त्री पद छाड्न तयार रहेको बताएका छन् ।नेकपा पर्साको पार्टी कार्यालय वीरगञ्जमा नेता कार्यकर्ताहरुसँगको भेटमा उनले सरकार पुनर्गठन गर्दा पार्टीभित्रको विवाद अन्त्य हुने अवस्था आए राजीनामा दिन तयार रहेको बताएका हुन् ।

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका भट्टराईले पार्टीभित्रको अन्तर्विरोधका बेला कसैलाई साथ नदिएर कार्यकर्ताले दबाब सिर्जना गर्न सक्ने बताए ।
पार्टी दक्षिण वा उत्तरको सक्रियताले फुट्ने वा जुट्ने नभई नेता कार्यकर्ताको हातमा नै पार्टीको भविष्य रहेको भट्टराईले बताए । कार्यकर्ताहरुलाई पार्टीको अन्र्तविरोधमा पेट्रोल नछर्कन पनि उनले आग्रह गरे ।

इतिहासकै कठिन क्षणमा पार्टी रहेको बताउँदै उनले कठिनाईलाई पार गर्दा १०/२० वर्ष केही नहुने दावी गरे । सरकार पार्टी सञ्चालन गर्दा नेतृत्वबीच समझदारी र छलफल आवश्यकता रहेको उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !