१२ पुस २०८१, शुक्रबार

माधव नेपालसँग सहयोग माग्दै प्रधानमन्त्री ओलीले लिए यस्तो कडा अडान


माधव कुमार नेपाल, केपी शर्मा ओली

कात्तिक २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालको सहयोग मागेका छन् । प्रधानमन्त्री ओलीले आजको छलफल कार्यक्रममा पार्टी गम्भीर मोडमा पुगेको भन्दै आफूलाई सहयोग गर्न नेता नेपाललाई आग्रह गरेका एक नेताले बताए ।

तर नेता नेपालले पार्टी यो अवस्थामा पुग्नुमा प्रधानमन्त्री ओली नै कारक रहेको भन्दै सच्चिन आग्रह गरेका थिए । उनले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै प्रधानमन्त्री लचक बन्दै अहिले भइरहेका गुटगत भेला रोकिनुपर्नेमा जोड दिएका थिए ।

तर प्रधानमन्त्री ओलीले गुटगत रुपमा हुँदै आएका मदन भण्डारी फाउण्डेशन र जबजका कार्यक्रम हुनै पनि हालतमा नरोकिने अडान लिएका थिए । कार्यकारी अधयक्ष प्रचण्ड सहित सचिवालयका ५ नेताले बैठक बोलाउन माग गर्दै ओलीलाई पत्र बुझाएको भोलिपल्ट बालुवाटारमा छलफल भएको हो ।

छलफलमा नेता भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतको समेत सहभागीता रहेको बताइएको छ । आज दिउँसो साढे १ बजेदेखि सवा ४ बजेसम्म भएको भेटवार्तामा पार्टीभित्र देखिएको विवादबारे नै केन्द्रित रहेर कुराकानी भएको नेता रावलले बताएका छन् ।

रावलले पार्टीभित्र उत्पन्न समस्या के कसो हो भनेर विचार आदानप्रदान भएपनि ठोस कुरा केही नभएको दावी गरे । नेता रावलका अनुसार समस्या समाधान गरौँ भन्नेमा सवैको राय रहेको थियो ।

शनिबार बालुवाटारमा ओली र सचिवालयका प्रचण्ड सहितका ५ नेताहरु माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठबीचको भेटवार्ता भनाभन नै भएर सकिएकोले सो भेटमा ओलीले बैठक नबोलाउने अडान लिएका थिए ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीसँग वार्ता गर्न माधव नेपालको साथमा को-को पुगे बालुवाटार ?

ओली र नेपालवीचको छलफल सकियो, के-के कुरा भयो ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !