१४ बैशाख २०८१, शुक्रबार

दाताले दिएको सहयोगमा पनि सरकारले भ्रष्टाचार गरेको भन्दै दशैँपछि आन्दोलन गर्ने देउवाको चेतावनी


शेरबहादुर देउवा File Photo

असोज ३०, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड- १९ रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । सभापति देउवाले दसैंलगत्तै विरोधका औपचारिक कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताएका हुन् ।

कांग्रेसले गठन गरेको कोभिड- १९ सम्बन्धी अनुगमन टोलीले तयार पारेको प्रतिवेदन बुझेपछि सभापति देउवाले दसैंलगत्तै संसद भित्र र बाहिर देशैभर सशक्त विरोध कार्यक्रम गर्ने बताएका हुन् ।

गरिब जनतालाई निःशुल्क पिसिआरसमेत नगरेर सरकारले जनताको जीवनमा खेलवाड गरेको देउवाको आरोप छ । त्यस्तै उनले कोरोना नियन्त्रणका लागि खरिद गरिएको सामग्रीदेखि दाताले दिएको सहयोगमा पनि सरकारले भ्रष्टाचार गरेको आरोप लगाए ।

सभापति देउवाले पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भयावह हुने अवस्थामा पुगे पनि सरकारले आइसोलेसनहरू व्यवस्थापन गर्न नसकेको उल्लेख गरेका छन् । अक्सिजनसहित व्यवस्था भएको कम्तिमा एक हजार बेडका आइसोलेसन काठमाडौं र सातै प्रदेशमा तयार राख्नुपर्नेमा सरकारले कामै नगरेको उनको आरोप छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !