७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओली र बाबुरामको जुहारी : भट्टराईको प्रतिप्रश्नः छानबिन गर्न कसले रोकेको हो त ?


प्रधानमन्त्री ओली र बाबुरामको जुहारी

काठमाडौँ, असोज ३० । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईवीच विचारको जुहारी चलेको छ । ‘बुढी गण्डकी आयोजनामा ९ अर्ब भ्रष्टाचार भएको’ भन्ने डा. बावुराम भट्टराईको अभिब्यक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डन गरेका छन् । पूर्व प्रधानमन्त्री भट्टराईले दिएको उक्त अभिव्यक्तिको ६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खण्डन गरेका हुन् ।

उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने-‘हामी त्यस्तो गैह्रम्मिेजार र अनैतिक हुन सक्दैनौ, त्यस्ता हर्कत हामी गर्न सक्दैनौ। ‘हामी जिम्मेवार भएर मात्रै अगाढी बढ्छौं’ प्रधानमन्त्री ओलीले भने–‘भ्रष्टाचार बिरुद्धको सुन्य सहनशिलता र कार्यान्वयनमा प्रहरीको मूख्य भुमिका हुन्छ ।’

आफ्नो सरकारले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको निति लिएको दावी गर्दै ओलिले भट्टराईप्रति संकेत गर्दै भने–‘केहीले गैह्रजिम्मेवार तरिकाले बोलेर हिँडेको सुनेँ, कार्यारम्भ नै नभएको कसले कसरी काम गर्छ भन्ने टुंगो नभएको आयोजनामा बाँडेर खाए भन्ने गैह्रजिम्मेवारी अभिव्यक्ति निराधार छ ।’

बावुरामलाई प्रधानमन्त्री ओलीको जवाफ : ‘अर्बौ बाँडेर खाने हर्कत हामी गर्न सक्दैनौ’

त्यसको लगतैपछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा जवाफ फर्काउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुरा होइन काम गरेर देखाउन चुनौती दिएका छन् । बूढीगण्डकी आयोजनामा अर्बो अनियमितता भएको आफ्नो भनाइको प्रधानमन्त्री ओलीले खण्डन गरेपछि डा. भट्टराईले यस्तो चुनौती दिएका हुन् ।

ट्वीटरमा जवाफ फर्काउँदै भट्टराईले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचारप्रति सॉच्चै शुन्य सहनशीलता हो भने बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षाप्रेस, यति, ओम्नी लगायत सबै ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीय र निष्पक्ष छानवीन गर्न कसले रोकेको हो त?’ उनले अगाडि भनेका छन्, ‘कुराले हैन काम गरेर देखाउनोस्! नत्र ढॉटको कुरा खाई पत्याउनु !

पूर्वप्रधानमन्त्री भट्टराईले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेर बूढीगण्डकी जलविद्युत् आयोजनामा ९ अर्ब रूपैयाँ घोटाला गरेको आरोप गृहजिल्ला गोरखा पुगेको बेला केही दिन लगाएका छन् ।

भट्टराईले ओली, दाहाल र देउवाले नौ अर्ब कमिसन खाएर बूढीगण्डकी जलविद्युत् आयोजना अलपत्र पारेको आरोप लगाएका थिए । ‘उनीहरूले आयोजनाबाट अर्बौं रूपैयाँ कमिसन लिएर भ्रष्टाचार गरेको प्रमाणित गर्न सकिन्छ,’ भट्टराईले भनेका थिए ।

यो पनि पढ्नुहोस्

बावुरामलाई प्रधानमन्त्री ओलीको जवाफ : ‘अर्बौ बाँडेर खाने हर्कत हामी गर्न सक्दैनौ’

बाबुराम र नारायणकाजीवीच शीतयुद्ध : भट्टराई भने, ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउँ’

भ्रष्टाचारबारे आफूले बाहिर बोलेपछि ठूलो कम्पन आएको छ : पूर्वप्रधानमन्त्री डा. भट्टराई

ओली, दाहाल र देउवाले ९ अर्ब खाए : पूर्वप्रधानमन्त्री डा. भट्टराई

ओलीको संगतले प्रचण्डलाई धुरुधुरु रुनु परेको छ : डा. बाबुराम भट्टराई


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !