१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक : महत्वपूर्ण निर्णय हुन सक्ने


मन्त्रिपरिषद् बैठक

काठमाडौं, असोज ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएको बालुवाटार स्रोतले बताएको छ ।

आइतबार बैठक बोलाउनुपर्ने कुनै कारण नभएपनि प्रधानमन्त्रीले केही अपर्झट विशेष काम परेर हिजो राती नै मन्त्रीहरुलाई आज बैठक बस्ने जानकारी दिन सचिवालयलाई निर्देशन दिएका थिए ।

प्राय: मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्ने गरेकोमा सोमबार नसकिएका एजेण्डाबारे छलफल गर्न बिहीबार पनि बस्ने चलन छ । मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्यमा रहेका बेलामा आकस्मिक रूपमा बोलाइएको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

आजको बैठकमा एसिड आक्रमण कसुर सम्बन्धी विधेयक मन्त्रिपरिषदले जारी गर्ने एजेण्डा रहेको एक मन्त्रीले जानकारी दिएका छन् । मन्त्रिपरिषद्बाट जारी भएपछि आजै राष्ट्रपतिबाट प्रमाणिकरण हुनेछ । यस्तै अन्य केही विधेयक बारेमा पनि बैठकमा छलफल हुने बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !