४ जेष्ठ २०८१, शुक्रबार

रोकिएनन बम आक्रमणका घटना


gopalman shestha

१८ मंसिर, स्याङजा । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी वम आक्रमण गरिएको छ। भिरकोट नगरपालिका–८ ढापुक सिमलभञ्ज्याङबाट चुनावी सभाबाट फकिर्दै गर्दा ढापुक फेदीमा श्रेष्ठलाई लक्षित गरी सुतली बम आक्रमण गरिएको हो।

स्याङजा निर्वाचन क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभाका उम्मेदवार हुन्। उनले चढेको बा १३ च २०२७ नम्बरको स्कारपियोलाई लक्षित गरी वम आक्रमण भएको थियो।

घटनामा कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख एसपी प्रदीप श्रेष्ठले जानकारी दिए। प्रारम्भिक अनुसन्धानबाट घटनास्थल वरिपरि गुटखा हाल्ने सानो टिनको टुक्राहरु फेला परेको प्रहरीले जनाएको छ। आक्रमणको जिम्मेवारी कसैले लिएको छैन।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !