१९ बैशाख २०८१, बुधबार

ओली र प्रचण्डले राजीनामा दिने हो भन्दै बामदेवले प्रश्न गरेपछि…


नेकपा सचिवालय

१ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सोमबार बसेको सचिवालय बैठकमा दुई अध्यक्ष सहमतिकै भावमा प्रस्तुत भएको नेताहरुले बताएका छन् । बैठकमा प्रधानमन्त्री ओली भने केही बोलेनन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक सुरु गर्दै पार्टी भित्रको विवाद समाधानका लागि अध्यक्षहरुलाई सहयोग गर्न कार्यदल बनाएको र त्यसका आधारमा आफूहरुले प्रस्ताव ल्याउन सक्ने बताए । त्तर बैठकमा उपाध्यक्ष बामदेव गौतमले कार्यदलको विरोध गरे । गौतमले कार्यदल सचिवालयभन्दा पनि माथि हो ? सचिवालयले निकास दिन नसकेर स्थायी कमिटीका सदस्यहरुको कार्यदल बनाएको हो ? अध्यक्षद्वयले राजीनामा दिने हो ? भनी प्रश्न गरे ।

बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले पार्टी पद्धति र प्रणाली अनुसार चल्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले दुई अध्यक्षले मात्र पार्टी चलाउन खोजेको भन्दै आलोचना गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !