२४ बैशाख २०८१, सोमबार

वाम गठबन्धनका कारण लोकतन्त्र खतरामा : प्रधानमन्त्री देउवा


PM-sher-bahadur-deuba

१२ मंसिर, झापा । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनका कारण लोकतन्त्र खतरामा परेको बताएका छन् ।
सोमबार झापा क्षेत्र नम्बर ५ को गौरादहमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उनले कठिन संर्घष गरेर ल्याइएको लोकतन्त्रमा एकदलीय कम्युनिष्ट शासन लाद्न खोजिएको आरोप लगाएका हुन्।

प्रधानमन्त्री देउवाले निरकुशंता ढालेर लोकतन्त्र ल्याए पनि फेरि नेपालमा एकदलीय कम्युनिष्ट शासन स्थापना गर्ने प्रयास भइरहेको टिप्पणी गरे । अहिलेको चुनाव एकदलीय कम्युनिष्ट शासन र बहुदलीय प्रजातन्त्र मान्ने बीचको चुनावसमेत भएकोले विचार पुर्याएर मतदान गर्न उनले मतदातालाई आग्रह गरे।

त्यस्तै, कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले–माओवादीले लोकतन्त्रको भर्‍याङ्ग चढेर नेपालमा अधिनायकवाद ल्याउन खोजेको आरोप लगाए । अहिलेको वाम गठबन्धन नेपाललाई साम्यवादको जञ्जिरमा बाध्ने प्रपञ्च मात्रै भएको उल्लेख गर्दै नेता पौडेलले गठबन्धन गरेर केपी ओली र प्रचण्डले पछुताउनुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !