२१ बैशाख २०८१, शुक्रबार

बालुवाटारमा आज नेकपा सचिवालय बैठक जारी


नेकपा सचिवालय बैठक

काठमाडौँ, भदौ १ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज जारी रहेको छ । पार्टीमा जारी विवाद सामधान गर्नका लागि कार्यदल गठनसँगै नेकपामा सचिवालय बैठक बोलाउन माग भएको थियो । त्यसैअनुसार आज बिहान ९ः३० बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी कमिटीको बैठक नराखी कार्यदल बनाएको भन्दै विवाद भएको थियो । सचिवालय बैठक राखेर कार्यदललाई औपचारिकता र कार्यदेश दिन लागिएको हो । शनिबार वरिष्ठ नेता खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले प्रचण्डलाई सचिवालय बैठक बोलाउन माग गरेका थिए । नेताहरूको माग बमोजिम नै सचिवालय बैठक बस्न लागेको हो ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य रहेको कार्यदल बनाएका थिए । कार्यदलमा रहेका पौडेल र पोखरेल प्रधानमन्त्री केपी ओलि निकट, शर्मा र भुसाल दाहाल निकट तथा पाण्डे र रावल नेपाल निकट मानिन्छन् ।

आज बस्ने बैठकमा समसामियक विषयमा छलफल हुने र पार्टीको विवाद समाधानका लागि बनेको कार्यदलको कार्यादेश निर्धारण गर्ने बताइएको छ । नेकपाको सचिवालय बैठक यसअघि साउन ३ गते बसेको थियो ।

यो पनि पढ्नुहोस्

सत्तारुढ दल नेकपाले बोलायो सचिवालय बैठक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !