१९ बैशाख २०८१, बुधबार

आज पनि दाहाल र खनालले राजीनामा मागेपछि ओलीले यतिसम्म भन्न भ्याए !


दाहाल, खनाल

१८ साउन, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज तीन घण्टा छलफल भएको छ । वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ समेत सहभागी बैठकवाट स्थायी कमिटी बैठक पुनः सञ्चालन गर्ने सहमति बन्न सकेन ।

छलफलमा दाहाल र खनालले ओलीलाई दुई पदमध्ये एक पद स्वेच्छाले छाडेर निकास दिन आग्रह गरे । जवाफमा ओलीले भने, ‘त्यो कुरै नगर्नुस् । मैले अहिले कुनै पद छाड्न मिल्दैन । बरु महाधिवेशन छिटो गरौं । त्यसमा नै छलफल गरौं ।’

दाहालसहित नेता खनालले स्थायी कमिटी बैठक र केन्द्रीय कमिटीको पनि बैठकको प्रस्ताव गरेपनि ओली दुवै बैठकका लागि तयार नभएको ती नेताले बताए । ओली पहिला सचिवालयमा ठोस सहमति भएपछि मात्रै स्थायी र केन्द्रीय कमिटीमा जानेपक्षमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !