५ जेष्ठ २०८१, शनिबार

प्रचण्ड-नेपाल पक्षका स्थायी कमिटी बैठक खुमलटारामा, सहमति नभए बहुमतको आधार निर्णय गर्ने प्रचण्डको चेतावनी


प्रचण्ड

साउन १२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादले गर्दा स्थायी कमिटीको बैठकसमेत स्थगित भएको छ । पार्टी भित्रका वरिष्ठ नेताहरुले नै ओलीको दुवै पद राजीनामा मागेपछि अहिले झन विवाद चर्किएको छ ।

पार्टी अध्यक्षद्वय वीच सहमति जुटाउनको लागि लामो समयदेखि दुई अध्यक्षवीच छलफल गर्दै आएपनि ओलीले आफ्नो अडान नछाडेपछि पार्टी भित्र गुट भेला बिहानैदेखि शुरु भएको छ ।

स्रोतका अनुसार प्रचण्ड निवास खुमलटारामा प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटीको बैठक चलिरहेको छ भने उता प्रधानमन्त्री निवासमा पनि ओलीले आफ्ना निकटका नेताहरुसँग छलफल गरिरहेका छन् ।

एक स्थायी कमिटी सदस्यको जानकारी अनुसार ओली सहमतिमा आउने देखिएको छैन । अब पार्टीबाट बहुमतले निर्णय गरी अगाडि बढ्ने तयारी भइरहेको छ । त्यसअघि ओलीसँग एकपटक पुनः सहमतिका लागि प्रयास गरिनेछ । भोलि ११ बजेका लागि तय भएको स्थायी कमिटीको बैठक बस्ने कि नबस्ने निश्चित छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !