१२ असार २०८१, बुधबार

नेकपा स्थायी समिति बैठक बालुवाटारमा बस्दै


नेकपा स्थायी समिति बैठक फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज मंगलवार बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।

नेकपामा आन्तरिक किचलो बढेपछि स्थायी समिति बैठक पटक पटक स्थगित हुदै आएको छ । साउन ४ गते दिउँसो ३ बजे बस्ने तय भएको बैठक आज साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको थियो । दलको आन्तरिक विषयमा सचिवालय र शीर्ष नेताहरु छलफलमा रहेकोले गर्दा बैठक ७ पटकसम्म सर्दै आएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा एकता महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका छन् । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग र दबाब बढिरहेको परिप्रेक्षमा ओलीले शनिवार बालुवाटारमा बसेको सचिवालय वैठकमा यस्तो प्रस्ताव ल्याएका हुन् ।

तर, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल लगायतले भने दुई नेताको सहमति र प्रस्ताव कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्दै औपचारिक रुपमा प्रस्ताव ल्याउन माग गरेका छन् । साथै बरिष्ट नेता नेपालले मंसिरमा महाधिवेशन सहज नभएको बताएका थिए ।

समस्या समाधानका लागि पटकपटक भएका प्रयाससमेत निश्कर्षमा नपुगेपछि एकपक्षले अर्को पक्षलाई दोष देखाइरहेको छ । यसैबीच आजको बैठक पनि अन्तिम समयमा आएर स्थगित हुनसक्ने हो कि भन्ने आशंका नेताहरुलाई लागेको छ । नेताहरुमा सहमति नजुटेकाले त्यस्तो आशंका गर्न सकिने एक स्थायी समिति सदस्यले बताएका छन् ।

यो पनि पढ्नुहोस्

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, अर्को बैठक साउन ६ गते बस्ने

पार्टी एकता महाधिवेशन मंसीरमा गर्न ओलीको प्रस्ताव, नेपाल पक्ष असन्तुष्ट

नेकपा सचिवालयको निर्णय : पार्टी एकता कायम राख्दै सहमति खोज्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !