११ जेष्ठ २०८१, शुक्रबार

नेकपा स्थायी कमिटि बैठक फेरि ७ दिनका लागि स्थगित


नेकपा स्थायी कमिटी बैठक

काठमाडौं, असार २६ । विपत्तिसँग जुध्न भनेर सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटि बैठक ७ दिनका लागि स्थगित गर्ने निर्णय गरिएको छ । नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले मुलुकमा अविरल वर्षाका कारण आएको बाढी पहिरोको विपत्तिमा ध्यान दिन भन्दै बैठक स्थगित गरेको बताएका छन् ।

श्रेष्ठले बाढी पहिरोका कारण उद्धार लगायतका काममा खटिन स्थायी समिति सदस्यहरू आफ्नो गृह जिल्ला लगायतका स्थानमा जानुपर्ने हुनसक्ने भएकाले ७ दिनका लागि बैठक स्थगित गर्ने निर्णय गरेको बताएका छन् । अर्को बैठक साउन २ गते बस्ने बताइएको छ । असारको १८ गतेदेखि स्थायी समितिको बैठक बस्न सकेको छैन ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार पार्टी स्थायी कमिटीकाे बैठक साउन २ गते ११ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।

सत्तारुढ दल नेकपामा देखिएको विवाद मिलाउन दुई अध्यक्ष छलफलमा जुटिरहेका छन् । पार्टीभित्र देखिएको विवाद समधानका लागि भन्दै प्रधानमन्त्री ओली र अध्यक्षबीच केहीदिन देखि एक्ला-एक्लै वार्ता हुँदै आएपति ठोस सहमति भने हुन सकेको छैन ।

स्थायी समितिमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने तयारी छ । तर ओली कुनै हालतमा राजीनामा नदिने अडानमा छन् । जसले गर्दा पार्टी विभाजन हुनसक्ने भन्दै नेताहरुबीच आन्तरिक छलफल र दौडधुप चलिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !