१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीज्यूद्वारा मन्त्रीहरु र राज्यमन्त्रीहरूसँग परामर्श लिन बालुवाटारमा बोलाइएको बैठक सकियो


बालुवाटारमा बोलाइएको बैठक

काठमाडौँ, असार २० । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रीहरु र राज्यमन्त्रीहरूसँग परामर्श लिन बोलाइएको बैठक सकिएको छ । यद्यपि आज बसेको उक्त बैठकमा के के बिषयमा छलफल भयो भन्ने सूचना बाहिर आएको छैन ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार समसामयिक सन्दर्भमा परामर्श लिन प्रधानमन्त्रीले मन्त्रीहरु र राज्यमन्त्रीहरूलाई बालुवाटार बोलेको जानकारी दिएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले साँझ ७ बजे मन्त्रीहरु र राज्यमन्त्रीहरूलाई बालुवाटार बोलाएका थिए ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक थप दुई दिनलाई स्थगित गरेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक छलफलमा जुटेका छन् । प्रचण्ड-नेपाल समुहका नेताहरु प्रचण्ड निवास खुमलटारमा छलफलमा जुटेका छन् ।

प्रचण्ड निवास खुमलटारमा छलफलमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतम आन्तरिक छलफलमा जुटेका छन् । साथै आज अपरान्ह प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शितलनिवास पुगेका थिए भने भेटवार्ता के विषयमा भएको भन्ने खुलाइएको छैन ।

प्रधानमन्त्री ओलीले गत आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै आफूलाई भारतको इसारामा हटाइन लागेको अभिव्यक्ति दिएका थिए । त्यही अभिव्यक्तिमाथि आपत्ति जनाउँदै उनीहरूले राजीनामा मागेका हुन् । बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिएर त्याग गर्नुपर्ने बताएका थिए ।

यो पनि पढ्नुहोस्

प्रचण्ड-नेपाल समुहका नेताहरुको बैठक पनि खुमलटारमा जारी

प्रधानमन्त्री राष्ट्रपति भेट्न पुगे शीतल निवास, मन्त्रीहरुलाई बोलाए बालुवाटार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !