१४ बैशाख २०८१, शुक्रबार

केपी ओलीलाई दुवै पदबाट हटाउँछु भन्ने दिवा सपना नदेखे हुन्छ : सांसद बस्नेत


mahesh basnet

काठमाडौँ, २० असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा सांसद महेश बस्नेतले वर्तमान नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट हटाउँछु भन्ने सपना मनको लड्डु खाए जस्तो मात्र भएको बताए ।

प्राइम टेलिभिजनमा अन्तरवार्ता दिँदै उनले नेकपाको स्थायी कमिटीकको बैठकमा प्रधानमन्त्री ओलीलाई दुवै पदबाट राजिनामा माग्नु गैर राजनीतिक तरिका भएको बताए । सरकारले पार्टीको निर्णय मान्छ तर गुटको निर्णय सरकारले नमान्ने बताउँदै उनले केपी ओलीको सरकार ढाल्न गरिएको घृणित प्रयास गर्नु अध्यक्ष प्रचण्डको गम्भीर गल्ती भएको औंल्याए ।

केपी ओलीलाई अलोकप्रिय भन्ने हल्ला गलत, प्रोपगाण्डाको लागि हल्ला गरिएको उल्लेख गर्दै उनले बनले नदेखेको बाघ र बाधले नदेखेको बाघ भनेजस्तै सवैको कार्यकाल हेरेका बताएका छन् । उनका अनुसार म चाहि दुधले नुहाएकोले राम्रो अरुचाही नराम्रो भन्नु सरासर गतल हो ।

प्रचण्ड र माधव नेपालको दुईवटा गुटले ओलीलाई निकाल्छु भन्ने दिवा सपना भएको बताउँदै उनले आफु राष्ट्रपति बन्नलाई वर्तमान राष्ट्रपतिलाई महाअभियोग लगाउने भन्ने योजना हास्यास्पद भएको समेत बताए । पद विभाजन गर्दै स्वार्थको खेल प्रचण्डले गरेको बताउँदै उनले पूर्वमाओवादी पनि पार्टी एकताको पक्षमा रहेको, पार्टी एकतालाई खलल् पुर्याउनु नहुने पक्षमा रहेको जानकारी दिए ।

एजेण्डावाईज छलफलमा ओली जहिलेपनि दृढ रहेको बताउँदै उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पद ओलीले नछोड्ने स्पष्ट पारे । देशभर ओलीको पक्षमा जनलहर, विपक्षी दलले समेत मुलुकलाई दुर्घटना हुन दिनु नहुने पक्षमा रहेको उल्लेख गर्दै उनले अस्वस्थ्य प्रतिपर्धा हुनु अनावश्यक रहेको स्पष्ट पारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !