१४ बैशाख २०८१, शुक्रबार

ओलीको निष्कर्ष : पार्टीले जे गर्छ गरोस्, म प्रधानमन्त्री र अध्यक्ष दुवै छाड्दिनँ


प्रधानमन्त्री केपी शर्मा ओली

१९ असार, काठमाडौं । शुक्रबार तीन घण्टासम्म बालुवाटारमा चलेको प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीचको छलफलमा ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट नहट्ने अडान लिएका छन् । पार्टीले जे गर्छ गरोस्, तर आफूले दुवै पद नछाड्ने ओलीको अडान छ ।

महासचिव बिष्णु पौडेल र अर्का नेता जनार्दन शर्मालाई समेत राखेर ओलीसँग अर्का अध्यक्ष प्रचण्डले शुक्रबार बालुवाटारमा छलफल गरे, तर निश्कर्षहीन । उक्त छलफलमा प्रचण्डले २०७५ जेठ २ गतेको समझदारीमा फर्किए कुरा मिल्न सक्ने संकेत गरे पनि ओलीले २०७६ मंसिर ४ गतेभन्दा पछाडि फर्किन नसक्ने बताउँदै प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछाड्ने अडान राखे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !