२६ बैशाख २०८१, बुधबार

नेकपाका दोस्रो पुस्ताका नेताहरुको बैठकको निष्कर्ष : पार्टी फुट्न दिदैनौ


घनश्याम भुसाल,

काठमाडौं, असार १९ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दोस्रो पुस्ताका स्थायी समिति सदस्यहरूको भेलाले पार्टी एकता हुँदाको म्यान्डेटका आधारमा अगाडि बढ्न नेतृत्वलाई सुझाव दिएका छन् । स्थायी समिति सदस्य एवम् कृषि मन्त्री घनश्याम भुसालको निवासमा भएको स्थायी समिति सदस्यहरूको छलफलले पार्टी एकताको आधारबाट पछि हट्न नहुने सुझाव दिएको हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेताहरुको संयुक्त बैठकले पार्टीका शीर्षस्थ नेतालाई युद्धविराम गर्न दबाब दिने भएको छ । नेकपाका दाेस्राे तहका प्रभावशाली युवा नेताहरू घनश्याम भुसाल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, प्रदिप ज्ञवाली, जनार्दन शर्मा, वर्षमान पुन, योगेश भट्टराई, शक्ति बस्नेत, बिष्णु रिमाल र मणी थापाको संयुक्त बैठकले पार्टी फुट्न नदिन र एकजुट भएर अघि बढ्न अपिल गरेकाे छ ।

केहि दिन यता सत्तारूढ दल भित्र गुटगत राजनीतिका कारण पार्टी फुटकाे संहारमा जान थालेकाे भन्दै दुवै पक्षका नेताहरूकाे संयुक्त बैठक बसेकाे थियाे । शुक्रबार दुबैतिर रहेका दोस्रो पुस्ताका नेताहरुको संयुक्त बैठक बसेको हो । उनीहरूले पार्टी फुट्न नदिने युवद्धविराम गर्नुपर्ने सुझाएका छन ।

स्थायी समिति सदस्यहरुले छलफलका निष्कर्षलाई लिएर दुई अध्यक्षसँग छलफल गर्ने जिम्मेवारी कृषि मन्त्री एवम् स्थायी समिति सदस्य घनाश्याम भुसाललाई दिएका छन् । २०७५ जेठ ३ मा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा हुनुअघि पाँच बुँदे सहमति भएको थियो। उक्त सहमतिको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुबै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख थियो।

प्रधानमन्त्री केपी शर्मा ओली पार्टी कमिटीको निर्णय विपरित हिंडेको भन्दै अध्यक्ष प्रचण्ड र वरिष्ट नेता माधव नेपाल पक्षधर नेताहरुले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन सुझाब् दिएका छन । तर ओली पक्षधर नेताहरुले भने ओली मन्त्रीपरिषद हेरफेर गर्न तयार भएको र अध्यक्ष र प्रधानमन्त्री नछोडने दाबी गरेका छन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !