७ मंसिर २०८१, शुक्रबार

नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी


नेकपा स्थायी कमिटी बैठक sf7df8f}F, !) c;f/ M k|wfgdGqLlgjf; afn’jf6/df a’waf/ a;]sf] g]kfn sDo’lgi6 kf6L{ -g]skf_sf] :yfoL sld6Lsf] a}7sdf ;xefuL x’Fb} k|wfgdGqL Pj+ cWoIf s]kL zdf{ cf]nL, g]skfsf cWoIf k’iksdn bfxfn …k|r08Únufot . t:jL/ M rG›snf If]qL÷/f;;

काठमाडौँ, असार १२। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै ११:२० बजेदेखि बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

आज बसिरहेको बैठक अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा केन्द्रित हुने जनाइएको छ । पछिल्लो समय नेकपाभित्र बढ्दै गएको विवाद समाधानमा विषयमा छलफल हुने नेकपा नेताहरुले जनाएका छन् । यसअघि बुधबारको बैठकले विभिन्न ७ वटा एजेण्डाहरु तय गरेको थियो ।

वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन, कोभिड-१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठानिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने, एमसीसी र विविध विषयहरु आजको बैठकका एजेण्डाहरु रहेका छन् ।

यसअघि असार १० गते बसेको पहिलो दिनको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आफूलाई पार्टीभित्रैबाट असहयोग भएको आफ्नाविरूद्ध गुटबन्दी गरिएको आरोप लगाएका थिए ।

एमसीसी सम्झौतालाई लिएर सत्तारुढ नेकपाभित्र पनि भइरहेको छ । नेकपाले यसको अध्ययनका लागि वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहेको अध्ययन कार्यदल गठन गरेको थियो । कार्यदलले एमसीसी परिमार्जनसहित पारित गर्नुपर्ने प्रतिवेदन समेत बुझाइसकेको छ ।

असार १० गते बसेको स्थायी कमिटि बैठकले ७ वटा एजेन्डाहरु स्वीकृत गरेको थियो, जुन निम्न अनुसार छन् ।

यस्ता छन् आजको बैठकका एजेण्डाहरु

१. वर्तमान परिस्थिति र स्थायी कमिटीकाे बैठकका सम्बन्धमा अध्यक्षद्वयकाे सम्बोधन ।

२. काेभिड-१९ काे नियन्त्रण, राेकथाम र उपचार सम्बन्धमा ।

३. नेपालकाे सीमा समस्या र समाधान सम्बन्धमा ।

४. सरकारकाे कामकाे समग्र समीक्षा सम्बन्धमा ।

५. पार्टी कामकाे समीक्षा र सांगठानिक एकतकाे बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा ।

६. एममसीसीका सम्बन्धमा ।

७. विविध ।

(क) रूकुम घटना
(ख) नागरिकता विधेयक र
(ग) संघीय संसदका सदस्यहरूकाे भत्ता ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !