१२ बैशाख २०८१, बुधबार

नेकपा स्थायी कमिटीको बैठकद्वारा ७ एजेण्डाहरु स्वीकृत, अर्को बैठक पर्सि १२ गते बस्ने


नेकपा स्थायी कमिटीको बैठक

१० असार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११:३० सुरु भएको बैठक दिउँसो २:३० मा सकिएको हो । आज बसेको नेकपा स्थायी कमिटी बैठकले ७ बुँदे एजेण्डाहरु स्वीकृत गरेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा सुरु भएको आजको बैठकमा महासचिव विष्णु पौडेलले अध्यक्षद्वयको तर्फबाट बैठकका एजेण्डा राखेका थिए । ती एजेण्डामा छलफल गरेर बैठकले विभिन्न ७ वटा एजेण्डाहरु स्वीकृत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिएका छन् ।

विवादित एमसीसीबारे आजको बैठकले टुङ्गो लगाउने भनिएपनि छलफल नै भएन । आज तय भएको ५ वटा एजेण्डाको विषयमा अध्यक्षद्धयले सामान्य जानकारी मात्रै दिएको श्रेष्ठको भनाई छ । अन्य सदस्यहरुलाई आज बोल्न दिइएन । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पर्सि असार १२ गते विहान ११ बजे अर्को बैठक बस्ने सहमति भएको छ ।

यी हुन् आजको बैठकले स्वीकृत गरेका ७ वटा एजेन्डाहरु

१. वर्तमान परिस्थिति र स्थायी कमिटीकाे बैठकका सम्बन्धमा अध्यक्षद्वयकाे सम्बोधन ।

२. काेभिड-१९ काे नियन्त्रण, राेकथाम र उपचार सम्बन्धमा ।

३. नेपालकाे सीमा समस्या र समाधान सम्बन्धमा ।

४. सरकारकाे कामकाे समग्र समीक्षा सम्बन्धमा ।

५. पार्टी कामकाे समीक्षा र सांगठानिक एकतकाे बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा ।

६. एममसीसीका सम्बन्धमा ।

७. विविध ।

(क) रूकुम घटना
(ख) नागरिकता विधेयक र
(ग) संघीय संसदका सदस्यहरूकाे भत्ता ।

नारायणकाजी श्रेष्ठ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !