१४ बैशाख २०८१, शुक्रबार

सरिता गिरीलाई माइती देश भारत प्रवेशमा रोक, सुरक्षाकर्मीले सीमाबाट फर्कायो


सरिता गिरी फाइल फोटो
महेश सिंह
महेश सिंह

सिरहा, २ असार । सांसद तथा पार्टीबाट निष्कासन गरिएकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई भारत प्रवेशमा रोक लगाईएको छ । उनी मंगलवार सिरहाको ठाड़ी नाका हुँदै भारत प्रवेश गर्न खोज्दा उनलाई नाका नजिकै रोकिएको छ ।

सिमा सुरक्षामा खटीएका नेपाली सुरक्षाकर्मीले भारत प्रवेश गर्नबाट रोकेर लगाउँदै नेपालतर्फ फर्काइदिएको सिरहाको ठाड़ी नाका प्रहरी कार्यालयले जनाएको छ । सिमा सुरक्षामा खटीएका सुरक्षा स्रोतका अनुसार भारततर्फ प्रवेश गर्न गिरीले निकै प्रयास गरेपनि सफल नभएपछि लाहानतर्फ फर्किएकी थिइन् ।

चालक र गाडीसहित गिरी मंगलवार दिउँसो तीन बजे सिराहाको मुख्य नाका ठाड़ीबाट भारतको विहारतर्फ प्रवेश गर्न लागेकी थिइन् । तर, लकडाउनको समयमा नाकाबाट नेपालीलाई भारत प्रवेशमा अनुमति रहेको भन्दै सुरक्षाकर्मीले फर्काएको थियो । गिरीको ससुराली घर सिरहाको लहान नगरपालिका-१४ स्थित बस्तीपुरमा रहेको र माइती घर भारततर्फ रहेको छ । गिरी नाकामा रोकिएपछि लाहान फर्किएकी थिइन् ।

नेपालको नयाँ नक्शासहितको निशान छाप परिवर्तनका लागि संविधान संशोधन प्रस्तावको विपक्षमा उभिएर गिरी विवादमा आएकी थिइन् । उनले प्रस्तावबारे मतदान पनि गरिनन् । गिरीले लिपुलेक नेपालको होइन भनी सार्वजनिक रुपमा अभिव्यक्ति दिएकी थिइन् । यसरी राष्ट्रघाती अभिव्यक्ति दिइएको भन्दै सांसद तथा जनता समाजवादी पार्टीको साधारण सदस्य समेतबाट निष्कासन गरिएको श्रोतले जानकारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !