१३ बैशाख २०८१, बिहिबार

चाणक्य नीति अनुसार यी चार प्रकारका पुरुषको प्रेम सम्बन्ध सधैं हुन्छ सफल


चाणक्य नीति

चाणक्य नीति अनुसार यी चार प्रकारका पुरुषको प्रेम सम्बन्ध सधैं हुन्छ सफल ! चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् । उनका भनाईहरु आजपनि सर्वत्र चर्चा हुने गर्दछ ।

चाणक्य नीति चाणक्यद्वारा नीति नियम सम्बन्धी अनेक कुराहरु लेखिएको ग्रन्थ हो । अरु कुनै ग्रन्थमा नपाइने विषयहरु रहेकाले यो पूरा विश्वभरमा पढ्ने गरिन्छ; यसमा आदर्श व्यवहार यथार्थको सुन्दर तरिकाले समन्वय गरिएको छ । यस ग्रन्थमा संग्रहित कतिपय बिचार जीवनोपयोगी छ ।

कौटिल्यको नामले पनि परिचित चाणक्यले आफ्नो नीतिको माध्यमले सबै समस्याको समाधान बताएका छन् । मनुष्यको जीवनमा यी नीति सर्वश्रेष्ठ साबित छन् । चाणक्यले प्रेम र प्रेमीको सफलताको विषयमा पनि धेरै कुरा गरेका छन् । चाणक्यले यस्ता चार प्रकारका पुरुषबारे जानकारी दिएका छन् जो प्रेम र वैवाहिक सम्बन्धमा जहिल्यै सफल हुन्छन् ।

महिलालाई सम्मान गर्ने पुरुष

चाणक्यका अनुसार जो व्यक्तिले महिला (आमा, दिदी बहिनी र श्रीमती) लाई सम्मानको नजरले हेर्छन् र उनीहरुको महत्व बुझ्छन् भने उनीहरु आफ्नो सम्बन्धमा जहिल्यै पनि सफल हुन हुन्छन् । प्रेमिकाले आफ्नो प्रेमीको यस्तो व्यवहार देखेर निकै कृतज्ञ महसुस गर्ने गर्छिन् ।

पराई स्त्रीप्रति आकर्षित नहुने पुरुष

यो असल र नैतिकवान् पुरुषमा हुनुपर्ने सर्वोत्कृष्ट गुण हो, जुन पुरुष आफ्नी प्रेमिका या श्रीमती बाहेक अन्य कुनै पनि महिलाप्रति आकर्षित हुँदैन वा अरुलाई गलत नजरले हेर्दैन, उनी जीवनभरी आफ्नो प्रेमलाई बचाउन जुनसुकै अवस्थामा तयार हुन्छ र सफल पनि हुन्छ । यस्तो बानी भएका पुरुष देखावटी हुँदैनन् र ती व्यक्तिको यो गुणले सम्बन्धमा विश्वासको वातावरण पैदा हुने गर्छ । जुन सफल सम्बन्धको अपरिहार्य तत्व हो ।

पार्टनरलाई सुरक्षाको प्रत्याभूति दिन सक्ने पुरुष

जुन पुरुष आफ्नो पार्टनरको सुरक्षाका लागि हरदम तयार हुन्छ, उनीहरुको सम्बन्धमा कहिले पनि तित्तता आउदैन । पार्टनरको रक्षा गर्ने प्रेमी आफ्नो सम्बन्धमा जहिले पनि सफल हुन्छन् । प्रत्येक श्रीमतीले आफ्नो श्रीमानमा पिताको एउटा छाँया देखेकी वा खोजेकी हुन्छिन् । यस्तोमा यदि श्रीमतीले सुरक्षाको भावना पनि प्राप्त गर्छिन् भने उनी तपाईंसँग सधैं खुसी हुनेछिन् ।

पार्टनरलाई शारीरिक सुख दिन सक्ने पुरुष

चाणक्यका अनुसार वैवाहिक सम्बन्धमा शारीरिक सुख र सन्तुष्टिको महत्वपूर्ण स्थान हुन्छ । त्यसैले जुन पुरुषले भौतिक र भावनात्मक सुखसँगै आफ्नो पार्टनरलाई शारीरिक सुख र सन्तुष्टि दिन सक्छ, उनकी पार्टनर सधैं प्रशन्न र प्रफूलित रहन्छिन् । जसले सम्बन्ध प्रगाढ रहन्छ । चाणक्यका अनुसार पुरुषले आफ्नो पार्टनरसँग कोमल स्पर्श कायम राख्नुपर्छ ।

यो पनि पढ्नुहोस् 

चाणक्य नीति अनुसार यस कारण जरुरी छ नुहाउनु

जीवन परिवर्तन गर्ने चाणक्यका अनमोल १७ वाणीहरु

जीवनमा यी ४ कामहरु अधुरो छोडेमा सधै हुनुहुनेछ दु:खी

चाणक्य नीति अनुसार राम्रो नेता र सफल मानिस बन्न चाहिने ४ गुणहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !