६ बैशाख २०८१, बिहिबार

चाणक्य नीति अनुसार यस्ता मान्छेलाई साथी नबनाउनु नै ठिक


चाणक्य नीति

चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनको शिक्षादीक्षा प्रसिद्ध नालंदा विश्वविद्यालयमा भएको मानिन्छ । सानो उमेरदेखि नै होनाहार विद्यार्थीको रुपमा चिनारी बनाएका चाणक्य एक महान चिन्तक थिए । उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए। उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् । उनी कुटिल रणनीतिकार समेत थिए । उनले आफ्नो कुटनीतिको बलले एक सामान्य बालक चन्द्रगुप्तलाई विशाल भारतको सम्राट बनाइदिए । उनका भनाईहरु आजपनि सर्वत्र चर्चा हुने गर्दछ ।

शास्त्रहरुमा जीवन पद्धतिका विषयमा सवै कुरा उल्लेख गरिएको हुन्छ । जसलाई हामीले अनुशरण मात्र गर्‍यौं भने पनि हाम्रो दैनिक जीवन सरल र सहज बन्छ । चाणक्य नीतिका अनुसार हामीले साथी र संगत कस्तो बनाउने भन्ने कुरा पनि प्रष्ट रुपमा लेखिएको छ । सबैको जीवनमा साथीहरुको विशेष महत्त्व हुन्छ । हामीले को हाम्रो साथी हुने, को हाम्रो साथी नहुने भन्ने तय आफैले गरेका हुन्छौँ । चाणक्यले एउटा नीति यही विषयमा बनाएका छन् । यदी हामीले यो नीतिलाई ध्यान दिने हो भने पक्कै धेरै समस्याहरु समाधान गर्न सक्छौं ।

चाणक्य नीतिको दोश्रो अध्यायको पहिलो श्लोकमा लेखिएको छ :

परोक्षे कार्यहन्तारं प्रत्यक्ष प्रियवादिनम्।
वर्जयेत्तादृशं मित्रं विषकुंभम् पयोमुखम्।

यसको अर्थ हो, जो साथी हाम्रो अगाडि मीठो कुरा गर्छन् र हाम्रो पछाडि हाम्रैबारे गलत प्रचार गरिरहेका हुन्छन्, त्यस्ता साथीहरुलाई तत्काल छोड्नुपर्छ ।यस्ता व्यक्तिहरुले हाम्रो अगाडि राम्रो कुरा वा प्रशंसा गरिरहेका हुन्छन् भने पछाडि अरु व्यक्तिहरुसँग हाम्रोबारे नै नराम्रो भनिरहेका हुन्छन् । यस्ता साथीहरुमा विष भरिएको हुने र त्यसले लामो समयसम्म नोक्सान पुग्ने चाणक्य शास्त्रमा उल्लेख छ ।

चाणक्य नीतिको दोस्रो अध्यायको छैटौँ श्लोकमा लेखिएको छः

न विश्वसेत् कुमित्रे च मित्रे चाऽपि न विश्वसेत्।
कदाचित् कुपितं मित्रं सर्वं गुह्यं प्रकाशयेत्।।

यसको अर्थ हो, हामीले कुमित्रप्रति कहिल्यै भरोसा गर्नु पनि हुँदैन । यतिमात्र होइन, कोही असल मित्र छ भने पनि उसमाथि हामीले पूर्ण रुपमा भरोसा मान्नुहुँदैन । भविष्यमा यस्ता साथीहरुसँग झगडा परेको खण्डमा आफ्नो सबै राज खोलिदिने भएकाले सचेत हुनु पर्ने चाणक्य नीतिमा लेखिएको छ।

यो पनि पढ्नुहोस् 

चाणक्यले भनेका स्त्रीका बारेमा ७ रहस्यहरु

चाणक्य नीतिका अनुसार पुरुषहरुले जीवनभर गोप्य राख्नुपर्ने कुराहरु

चाणक्य नीति अनुसार यी २ गल्ती गर्ने पुरुषको चाडै नै पतन हुन्छ

चाणक्यका ६ नीतिहरु ख्याल राख्दा जीवनमा १ रुपैया पनि नोक्सान हुन्न


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !