७ पुस २०८१, आइतबार

बुद्ध जयन्तीमा देशभर दीप प्रज्वलन (फोटो फिचर)


बुद्ध जयन्ती फाइल फोटो

बैशाख २५, काठमाडौं । विश्‍व शान्तिको कामना गर्दै आज विहीबार साँझ देशभर दीप प्रज्ज्वलन गरिएको छ । बिहीबार साँझ ७ बजे घरघरमा दीप प्रज्ज्वल गरिएको हो । सरकारले २५६४ औँ गौतम बुद्ध जयन्तीका अवसरमा दीप प्रज्ज्वलन गर्न आह्वान गरेको थियो ।

नेपाल सरकारले आज बिहीबार बेलुका ७ बजे घरघरमा दीप प्रज्वलन गर्न आग्रह गरेको थियो । हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आज बैखाश २५ गते बुद्ध जयन्तीका अवसरमा साँझ दिप प्रज्ज्वलन गर्न पनि नागरिकहरुलाई आग्रह गरेको थियो ।

बुद्ध जयन्तीको अवसरमा कोरोनाको महामारीबाट मुक्ति मिलोस् भन्ने कामना पनि गरौं भनेर दिप प्रज्ज्वलन गर्न आग्रह गरिएको थियो । साथै कोरोना भाइरस (कोभिड-१९) देखिएका व्यक्तिहरुको उपचारमा खटिएको चिकित्सक तथा स्वास्थ्यकर्मीको सम्मानमा पनि घरघरमा दीप प्रज्वलन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका थिए ।

बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले महाराजगञ्‍जस्थित शीतल निवास परिसरमा दीप प्रज्ज्वलन गरेकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दीप प्रज्वलन गरिएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा विश्‍व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दीप प्रज्वलनमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृह मन्त्री राम बहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल लगायतको उपस्थिती थियो ।

त्यस्तैगरी विभिन्न प्रदेशका मुख्यमन्त्रीहरु, सरकारी कार्यालयदेखि सर्वसाधारणका घरमा पनि दीप प्रज्‍ज्वलन गरिएको छ । बुद्धको जन्मथलो लुम्बिनीलाई पनि दीप बालेर झलमल बनाइएको छ ।

दीप प्रज्वलन

बालुवाटारमा यसरी गरियो दीप प्रज्वलन

दीप प्रज्वलन

बालुवाटारमा यसरी गरियो दीप प्रज्वलन

बालुवाटारमा यसरी गरियो दीप प्रज्वलन

तस्वीरहरु : रासस, प्रधानमन्त्री र गृहमन्त्रीको सचिवालय तथा सूर्य थापाको फेसबुकवाट 

यो पनि पढ्नुहोस्

बालुवाटारमा यसरी गरियो दीप प्रज्वलन (फोटो फिचर)

प्रधानमन्त्री निवास बालुवाटारमा गरियो दीप प्रज्वलन

सरकारद्वारा भोलि घरघरमा दीप प्रज्वलन गर्न आग्रह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !