४ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री निवास बालुवाटारमा गरियो दीप प्रज्वलन


प्रधानमन्त्री निवास बालुवाटारमा गरियो दीप प्रज्वलन

काठमाडौँ, बैशाख २५ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दीप प्रज्वलन गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संजालमार्फत बालुवाटारमा दीप प्रज्वलन गरिएको जानकारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज बेलुका ७ बजे विश्व शान्ति, अहिंसा र मानव कल्याणकाे निम्ति घरघरमा दीप प्रज्वलन गर्न आग्रह गरेका थिए ।

नेपाल सरकारले आज बिहीबार बेलुका ७ बजे घरघरमा दीप प्रज्वलन गर्न आग्रह गरेको थियो । हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आज बैखाश २५ गते बुद्ध जयन्तीका अवसरमा साँझ दिप प्रज्ज्वलन गर्न पनि नागरिकहरुलाई आग्रह गरेको थियो ।

बुद्ध जयन्तीको अवसरमा कोरोनाको महामारीबाट मुक्ति मिलोस् भन्ने कामना पनि गरौं भनेर दिप प्रज्ज्वलन गर्न आग्रह गरिएको थियो । साथै कोरोना भाइरस (कोभिड-१९) देखिएका व्यक्तिहरुको उपचारमा खटिएको चिकित्सक तथा स्वास्थ्यकर्मीको सम्मानमा पनि घरघरमा दीप प्रज्वलन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा गरियो दीप प्रज्वलन 1

प्रधानमन्त्री निवास बालुवाटारमा गरियो दीप प्रज्वलन 2

यो पनि पढ्नुहोस्

सरकारद्वारा भोलि घरघरमा दीप प्रज्वलन गर्न आग्रह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !