१४ बैशाख २०८१, शुक्रबार

यसरी निर्माण भईरहेको छ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला (फोटो फिचर)


गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिका-१६ रामपुरमा निर्माण गरी रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम धमाधम भई रहेको छ । फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा शिलान्यासको २ वर्षभित्र निर्माण सक्ने गरी २०७५ माघ १६ गते बुधबार अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको थियो । धुर्मुस-सुन्तली फाउण्डेशनले सो रङ्गशालाका लागि करीव ३ अर्ब नेपाली पैसा लाग्ने जनाएको छ ।

यस रङ्गशाला २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने छ । चितवन जिल्लामा बन्ने यस क्रिकेट रङ्गशाला कमलको फुल आकारको हुनेछ । यसमा २५ हजार दर्शक अट्ने छन् । बहुउपयोगी हुने यो रङ्गशालाभित्र क्रिकेट प्रशिक्षण मैदान, फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, स्वीमिङपुल र फिटनेस सेन्टरसम्म रहने छन् । जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको पछिल्लो अपडेटको तस्वीरहरु तल प्रस्तुत गरिएको छन् ।

धुर्मुस-सुन्तली फाउन्डेसनलाई जनस्तरवाट सक्दो सहयोग गरौ, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला समयमै बनाऔ, नेपालमा क्रिकेट खेलको विकास गरौ !

तस्वीर सौजन्य : धुर्मुस-सुन्तली फाउन्डेसन फेसबुक पेज 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !