ताप्लेजुङमा लालीगुराँस फूलेपछि वनपाखा ढकमक्क हुन थाले (फोटो फिचर) Nepalpatraताप्लेजुङमा लालीगुराँस फूलेपछि वनपाखा ढकमक्क हुन थाले (फोटो फिचर)
२७ श्रावण २०७९, शुक्रबार

ताप्लेजुङमा लालीगुराँस फूलेपछि वनपाखा ढकमक्क हुन थाले (फोटो फिचर)


ताप्लेजुङमा लालीगुराँस

ताप्लेजुङ । ताप्लेजुङ्को कञ्चनजङ्घाको बेँसीदेखि लेकाली क्षेत्रभरि लालीगुराँस फुल्न थालेपछि लालीगुराँसले वनपाखाहरु ढकमक्क भएका छन् । लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । लालीगुराँस साधारणतया माघ, फागुन र चैत तिर फूल्ने गर्दछ ।

नेपालको पूर्वदेखि सुदूरपश्चिमका विभिन्न ४३ जिल्लाका मध्य तथा उच्च पहाडी र हिमाली भेगमा ३१ थरीका गुराँस पाइन्छन् । लालीगुराँस पूर्वदेखि सुदूरपश्चिमका डाँडापाखामा भेटिने भएकाले विज्ञहरूले यो वनस्पतिलाई राष्ट्रिय फूल बनाउन सिफारिस गरेका थिए ।

नेपालको पूर्वीभेगका ताप्लेजुङ, संखुवासभा र तेह्रथुमलाई जोड्ने संगमस्थल तीनजुरे, मिल्के, जलजले (टीएमजे) मा लालीगुराँसको जंगल लै छ । टीएमजेमा मात्रै गुराँसका विभिन्न २८ प्रजाति पाइने भएकाले सो ठाउँलाई गुराँसको राजधानीसमेत भनिन्छ ।

फागुन, चैत, वैशाख, जेठ महिनाभर अनेक थरीका गुराँसले जंगललाई रंगीचङ्गी बनाउने भएकाले टीएमजे पुग्ने आन्तरिक र बाह्य पर्यटकको संख्या निकै बाक्लो हुन्छ । नेपालमा समुद्र सतहको १३०० देखि २५०० मिटर उचाइ हाराहारीमा लालीगुराँस गुराँस पाइन्छ । लालीगुराँसबाहेक तर अन्य थरीका गुराँस भने ४५०० मिटर उचाइ हाराहारीमा पनि फेला परेका छन् ।

हिमाली क्षेत्रमा हुने ‘रेडोडेन्ड्रन निभाल’ नामको गुराँसलाई ‘स्नो’ अर्थात् हिउँ गुराँससमेत भन्ने गर्छन् । अहिले हिमाली भेग हिउँले ढाक्ने भएकाले रेडोडेन्ड्रन निभाल जस्ता उच्च भेगका गुराँस साउन भदौमा मात्रै फुल्छन् । बोटभरि ढकमक्क फुलेको गुराँस हेर्दै आकर्षिक हुने भएकाले हरेकको मन तान्ने गरेको छ ।

झाडी, बुट्ट्यान र मझ्यौला रूख आकारका गुराँस सयौं थरीका छन् । तर सबै लालीगुराँस होइनन् । ठूलो रूख आकारको लालीगुराँस भने नेपाल र चीनमा मात्रै पाइन्छ । गुराँस नेपालसहित चीन, भारत, भुटान, म्यानमार, भियतनाम, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, उत्तर कोरिया, दक्षिण कोरिया, जापान र अष्ट्रेलियामा पाइन्छ ।

ताप्लेजुङमा लालीगुराँस ताप्लेजुङमा लालीगुराँसताप्लेजुङमा लालीगुराँस
ताप्लेजुङमा लालीगुराँस
टिएमजेमा गुराँस फुल्योटिएमजेमा गुराँस फुल्यो

तस्वीर : दिलकुमार लिम्बु, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !