१३ बैशाख २०८१, बिहिबार

बाबुरामले पनि प्रचण्ड जस्तै गृह जिल्ला गोरखाको घ्यालचोक पुगेर खाए खाना (फोटो फिचर)


बाबुरामले गोरखाको घ्यालचोक पुगेर खाए खाना

गोरखा । पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गृह जिल्ला गोरखाको गण्डकी गाउँपालिका- ८, घ्यालचोक पुगेर जसपाको सुज अभियान अन्तर्गत १२ दिने जनभेटघाट कार्यक्रमको शुरूवात भएको जानकारी दिएका छन् ।

सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले साना-साना जनभेटघाट भूइॅतहका जनताको वास्तविक आवाज सुन्ने प्रयत्न निकै उपयोगी र रोचक रहेको अनुभव सेयर गरेका छन् ।

साथै उनले बुढीगण्डकी परियोजना, रणनीतिक सडक, वृहद खानेपानी योजनावारे आम जनचासो बुझेको पनि लेखेका छन् । साथै सो स्थानमा पुगेर उनले खाना समेत खाएका छन् ।

यसअघि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आफ्नो गृह जिल्ला चितवनको भरतपुर महानगरपालिका-२२ बोटे टोलको लोपउन्मुख बोटे जातिको घरमा गएर खाना खाएका थिए ।

उनले लेखेका छन्, ‘गोरखा गण्डकी गापा-८ घ्यालचोकबाट जसपाको सुज अभियान अन्तर्गत १२दिने जनभेटघाट कार्यक्रमको शुरूवात! सानासाना जनभेटघाट भूइॅतहका जनताको वास्तविक आवाज सुन्ने प्रयत्न निकै उपयोगी र रोचक! बुढीगण्डकी परियोजना, रणनीतिक सडक,वृहद खानेपानी योजनावारे आम जनचासो !’
बाबुराम भट्टराई ट्वीट
 बाबुरामले गोरखाको घ्यालचोक पुगेर खाए खाना  बाबुरामले गोरखाको घ्यालचोक पुगेर खाए खाना  बाबुरामले गोरखाको घ्यालचोक पुगेर खाए खाना  बाबुरामले गोरखाको घ्यालचोक पुगेर खाए खाना

तस्वीर सौजन्य : डा. बाबुराम भट्टराईको ट्वीटरवाट

यो पनि पढ्नुहोस्

चितवन पुगेर प्रचण्डले लोपउन्मुख बोटे जातिको घरमा गएर यसरी खाए खाना (फोटो फिचर)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !