१३ बैशाख २०८१, बिहिबार

अमेरिकी राजदूत र्‍याण्डी बेरीले यसरी लगाए बडादशैंको टीका (फोटो फिचर)


अमेरिकी राजदूत र्‍याण्डी बेरीले बडादशैंको टीका

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले बडादशैंको टीका लगाएका छन् । उनले काठमाडौँको महाराजगञ्जस्थित अमेरिकी दूतावासमा टीका लगाएका हुन् ।

नेपालस्थित अमेरिकी राजदूतावासको सामाजिक संजाल फेसबुक पेजमा फोटोहरु सेयर गर्दै उनले हर्ष-उल्लासका साथ दशैंको टीका लगाएको जानकारी दिएका हुन् ।

राजदूत बेरीले दूतावासमा मान्यजनबाट टीका तथा जमरा ग्रहण गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् । आफूले टीका ग्रहण गरेपछि उनले बालबालिका तथा अन्य व्यक्तिलाई पनि टीका लगाइदिएका छन् ।

उनले आफ्ना साथीहरू र बच्चाहरूसँग मिलेर बडादशैंको मनाएको देखिन्छ । उनले नेपाली तथा अमेरिकी सहकर्मीहरू र उनका बच्चाहरूसँग दशैं मनाएको देखिएको छ ।

नेपालस्थित अमेरिकी राजदूतावासको सामाजिक संजाल फेसबुक पेजमा पोष्ट गर्दै भनिएको छ, ‘तपाईंको दसैंंवाला फ्यामिली फोटो एल्बम कस्तो देखिन्छ ? नेपालस्थित अमेरिकी मिशनको चाँही यस्तो छ ।’

यसअघि राजदूत र्‍यान्डी बेरीले दसैंको सातौं दिन फूलपातीमा नेपालस्थित अमेरिकी दूतावासमा चंगा उडाएर दसैंको सुरूआत गरेका थिए । उनले सामाजिक सञ्जालमा तस्वीर राखेर दसैं मनाएको जानकारी दिएका थिए ।

अमेरिकी राजदूत र्‍याण्डी बेरीले बडादशैंको टीकाअमेरिकी राजदूत र्‍याण्डी बेरीले बडादशैंको टीकाअमेरिकी राजदूत र्‍याण्डी बेरीले बडादशैंको टीकाअमेरिकी राजदूत र्‍याण्डी बेरीले बडादशैंको टीकाअमेरिकी राजदूत र्‍याण्डी बेरीले बडादशैंको टीकाअमेरिकी राजदूत र्‍याण्डी बेरीले बडादशैंको टीकाअमेरिकी राजदूत र्‍याण्डी बेरीले बडादशैंको टीकाअमेरिकी राजदूत र्‍याण्डी बेरीले बडादशैंको टीकाअमेरिकी राजदूत र्‍याण्डी बेरीले बडादशैंको टीका

फोटो सौजन्य : नेपालस्थित अमेरिकी राजदूतावासको फेसबुक पेज


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !