८ बैशाख २०८१, शनिबार

मन्त्री भएपछि राजेन्द्र महतो यत्ति भए खुशी, राती नै मन्त्रालय पुगेर ग्रहण गरे पदभार (फोटो फिचर)


राजेन्द्र महतो

काठमाडौँ । नवनियक्त उपप्रधानमन्त्रीहरू तथा नवनियक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा आज शुक्रबार राती राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियक्त उपप्रधानमन्त्रीहरू एवं मन्त्रीहरुलाई नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा राजेन्द्र महतोलाई उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री, विष्णु पौडेललाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री, रघुवीर महासेठलाई उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीको रुपमा सपथ खुवाएकी छन् ।

नवनियुक्त उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतो शुक्रबार सिंहखरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।
राजेन्द्र महतोलाई मन्त्री राजेन्द्र महतोलाई मन्त्री राजेन्द्र महतोलाई मन्त्री राजेन्द्र महतोलाई मन्त्री राजेन्द्र महतोलाई मन्त्री
तस्वीर : रोशन सापकोटा, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !