१३ बैशाख २०८१, बिहिबार

उद्घाटन गर्नु १ दिनअघि राती धपक्कै बलेको देखियो नवनिर्मित धरहरा (फोटो फिचर)


नवनिर्मित धरहरा

काठमाडौँ । राजधानी काठमाडौँको सुनधारामा नवनिर्मित धरहरा उद्घाटन गर्नु १ दिनअघि वैशाख ११ गते राती यस्तो देखिएको छ । यो तस्वीर हिजो राती राससका पत्रकार रोशन सापकोटाले खिचेका हुन् ।

नवनिर्मित धरहराको आज शनिबार औपचारिक रुपमा उद्घाटन गरिंदैछ । यो ऐतिहासिक धरहरा आज वैशाख ११ गते ११ः०० बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्दैछन् ।

विसं २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पबाट धरहरा लगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । भूकम्प गएको ३ वर्षपछि मात्रै यस सम्पदाको पुनःनिर्माणको कामले गति लिएको थियो । ६ वर्षमा भत्किएको धरहरा यथावत् राखी नजिकै अर्को धरहरा बनेको छ ।

विसं २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनःनिर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको थियो । विसं. २०७५ असोज १४ गते प्राधिकरणले धरहरा पुनःनिर्माण शुरु गरेको थियो ।
नवनिर्मित धरहरानवनिर्मित धरहरा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !