१४ बैशाख २०८१, शुक्रबार

यस्तो बन्दैछ कपिलवस्तुको बाणगंगामा सुन्दर राजापानी पार्क (फोटो फिचर)


राजापानी पार्क, कपिलबस्तु

कपिलबस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका-३ मा रहेको ऐतिहासिक राजापानी मुलभित्र राजापानी पार्क प्रस्तावित गरिएको छ । राजापानी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको लागि गन्तब्य बन्दै गएको छ ।

पूर्वपश्चिम राजमार्गमा पर्ने पिपरा चोकबाट करीब ५ किलोमिटरको दुरीमा अवस्थित ऐतिहासिक महत्व बोकेको राजापानी क्षेत्र फरक विशेषताहरुले भरिएको छ । राजापानी सामुदायिक वन उपभोक्ता समूहको करीव २७ हेक्टर क्षेत्रफलमा वाणगंगा नगरपालिकाको सुन्दर पार्कका रुपमा फैलिएको छ ।

यसलाई जिल्लाकै नमुना पार्कका रुपमा विकास गर्ने लक्ष्यसहित काम अघि बढेको राजापानी सामुदायिक वन उपभोक्ता समूह स्रोतले बताएको छ । बनभोज आउनेहरुलाई लक्षित गरी २० वटा सेड निर्माण गरिएको र थप निर्माणधिन अवस्थामा रहेको छ ।

पश्चिम र दक्षिणपट्टि हराभरा बनले घेरेको साथै पिकनिक स्पोट, खेलमैदान, पर्यटकहरु घुम्ने पार्क, चराचुरुङ्गीको चिरचिरावट सहितको यो मनोरम क्षेत्र रहेकाले पर्यटनको धेरै सम्भावना बोकेको गन्तब्य बन्दै गएको छ ।

पिकनिक (वनभोज) गर्न, घुमफिर गरी रमाउन एवं संघ संस्थाले वार्षिक कार्यक्रम आयोजना गर्न यो क्षेत्र सबैको रोजाइमा पर्ने गरेको छ । राजापानी पर्यटन क्षेत्रभित्र विभिन्न ठाउँमा बस्ने, खाना पकाउने, नाच्ने ठाउँको सुविधा समेत छ ।

चिल्ड्रेन पार्क, थप पिकनिक सेड, पक्की सडक निर्माणको क्रममा छन् । यस क्षेत्रमा बनभोज तथा घुमफिरको लागि कपिलवस्तु जिल्लाका बिभिन्न स्थान लगायत बाहिरी जिल्ला रुपन्देही, नवलपरासी, पाल्पा, अर्घाखांची, दाङबाट समेत आन्तरिक पर्यटक आउने गरेका छन् ।
राजापानी पार्क, कपिलबस्तुराजापानी पार्क, कपिलबस्तुराजापानी पार्क, कपिलबस्तुराजापानी पार्क, कपिलबस्तुराजापानी पार्क, कपिलबस्तु राजापानी पार्क, कपिलबस्तु

तस्वीर सौजन्य : विष्णु पन्थी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !