२० बैशाख २०८१, बिहिबार

पेरिसडाँडामा जारी नेकपा सचिवालय बैठकमा सबैलाई उस्तै कुर्सी (फोटो फिचर)


रिसडाँडामा जारी नेकपा सचिवालय बैठक

काठमाडौँ, असोज ४ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पेरिसडाँडामा जारी रहेको छ । बैठकमा सबै सचिवालय सदस्यहरूलाई उस्तै कुर्सीको व्यवस्था गरिएको छ ।

यसअघि बालुवाटारमा बस्ने सचिवालय बैठकमा दुई अध्यक्षका लागि छुट्टै कुर्सी-टेबल राखिने गरिन्थ्यो । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक भन्दा पेरिसडाँडामा बसेको बैठक केहि लोकतान्त्रिक भएको संकेत पाइएको छ ।

यसअघि अस्ति शुक्रबारका लागि बोलाइएको बैठक नेताहरुको समय अभावका कारण आजलाई सारिएको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी भएका छन् । गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकका निर्णय कार्यान्वयनका सवालमा छलफल गर्न सचिवालय बोलाइएको हो ।

पूर्वमाओवादी केन्द्रको कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा शुरु भएको बैठकमा समसामयिक विषयका साथै पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउने विषयमा छलफल हुने बुझिएको छ । एक सचिवालय सदस्यका अनुसार स्थायी समिति बैठकको निर्णय अनुसार सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनगर्ठनकोे मापदण्डका बारेमा समेत छलफल हुनेछ ।

पेरिसडाँडामा नेकपा सचिवालय बैठक

रिसडाँडामा जारी नेकपा सचिवालय बैठक

रिसडाँडामा जारी नेकपा सचिवालय बैठक

तस्वीरहरु : अध्यक्ष प्रचण्डको सचिवालयवाट

यो पनि पढ्नुहोस्

पेरिसडाँडामा सतारुढ दल नेकपा सचिवालय बैठक शुरु

नेकपा सचिवालय बैठक स्थगित, असोज ४ गते आइतवार बस्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !