८ बैशाख २०८१, शनिबार

नेकपा सचिवालय बैठक स्थगित, असोज ४ गते आइतवार बस्ने


नेकपा सचिवालय बैठक

काठमाडौँ, असोज २ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज शुक्रबार बिहान ११ बजेलाई बोलाइएको सचिवालय बैठक सरेको छ । बैठक असोज ४ गते आइतबारसम्मका लागि सरेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

यसअघि पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक यस पटक भने पेरिसडाँडास्थित कार्यालयमा बस्ने तय भएको थियो ।

संविधान दिवसका विभिन्न कार्यक्रममा प्रधानमन्त्री व्यस्त भएकाले बैठक सारिएको बताइएको छ । शुक्रबारको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक निकायमा रिक्त पदहरुमा नियुक्ति र पार्टी एकीकरणका बाँकी कामहरुबारे छलफल हुने बताइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !