८ बैशाख २०८१, शनिबार

पेरिसडाँडामा सतारुढ दल नेकपा सचिवालय बैठक शुरु


पेरिसडाँडामा नेकपा सचिवालय बैठक

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पेरिसडाँडामा केही समयअघि शुरु भएको छ । यसअघि अस्ति शुक्रबारका लागि बोलाइएको बैठक नेताहरुको समय अभावका कारण आजलाई सारिएको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी भएका छन् ।

गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकका निर्णय कार्यान्वयनका सवालमा छलफल गर्न सचिवालय बोलाइएको हो । पूर्वमाओवादी केन्द्रको कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा शुरु भएको बैठकमा समसामयिक विषयका साथै पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउने विषयमा छलफल हुने बुझिएको छ ।

एक सचिवालय सदस्यका अनुसार स्थायी समिति बैठकको निर्णय अनुसार सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनगर्ठनकोे मापदण्डका बारेमा समेत छलफल हुनेछ । नेकपामा २ वर्षअघि मन्त्री भएकाहरुलाई निरन्तरता दिने या नदिने भन्ने निक्र्योल भएको छैन ।

कतिपयले साढे २ वर्षअघि मन्त्री भइसकेका सबैलाई बिदा गरेर नयाँलाई मौका दिनुपर्ने बताइरहेका छन् भने कतिपयले कार्य सम्पादनमा कमजोर रहेकालाई मात्रै हटाउनुपर्ने बताउँदै आएका छन् । नेकपाको नौ सदस्यीय सचिवालयमा रहेका ३ जना सदस्यलाई पनि मन्त्रिमण्डलमा समावेश गर्ने या नगर्ने भन्ने प्रश्न पनि पछिल्लो समय उठ्दै आएको छ ।

सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र विष्णु पौडेललाई समेत सरकारमा सहभागी गराएर सरकारका कामकारवाही प्रभावकारी बनाउनुपर्ने एकपक्षको भनाइ छ । तर प्रधानमन्त्री केपी ओली गौतम र श्रेष्ठलाई मन्त्री बनाउने सन्दर्भमा त्यति सकारात्मक नभएको बताइन्छ ।

यो पनि पढ्नुहोस्

नेकपा सचिवालय बैठक स्थगित, असोज ४ गते आइतवार बस्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !