२२ बैशाख २०८१, शनिबार

निषेधाज्ञाको पहिलो दिन सुनसान देखिएको काठमाडौंको जनजीवन (फोटो फिचर)


काठमाडौँ उपत्यका

काठमाडौं, भदौ ४ । काठमाडौँ उपत्यकाका ३ जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । निषेधाज्ञाको पहिलो दिन काठमाडौं सुनसान देखिएको छ । अत्यावश्यक बाहेक सबै सवारीलाई प्रहरीले कडाइका साथ रोकेको छ ।

उपत्यकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या दिनप्रतिदिन बढेपछि ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मंगलवार बसेको बैठकले गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको थियो ।

आदेश भदौ १० गते राति १२ बजेसम्म कायम हुने छ । यो समयमा अत्यावश्यक बाहेक हिंडडुलमा समेत रोक लगाइएको छ । निषेधाज्ञाको उल्लङ्घन गरी काठमाडौँको विभिन्न स्थानमा घर बाहिर निस्केका सर्वसाधारणलाई प्रहरीले होल्डिङ जोनमा राखेको छ ।

निषेधाज्ञा







तस्बिर : रोशन सापकोटा, चन्द्रकला क्षेत्री (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !