८ जेष्ठ २०८१, मंगलबार

मौन अवधिमा सीमापारिबाट हुने चुनावी प्रचार रोक्ने सरकारको तयारी


निर्वाचन आयोग

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको मौन अवधिमा दुई छिमेकी मुलुक भारत र चीनको सीमा क्षेत्रबाट हुन सक्ने चुनावी प्रचार रोक्न कूटनीतिक तहबाट पत्राचार गर्ने भएको छ ।

मौन अवधिमा चुनावी प्रचार रोक्ने चुनौतीबीच सीमापारीबाट हुन सक्ने गतिविधि रोक्न निर्वाचन आयोगले परराष्ट्र मन्त्रालयलाई कूटनीतिक तहबाट पत्राचार गरिदिन पत्र पठाइसकेको छ ।

सीमा क्षेत्रबाट प्रचार हुन सक्ने आँकलन गर्दै चुनावी प्रचार रोक्न सरकारले कूटनीतिक च्यानलमार्फत पत्र पठाउन लागेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सीमाक्षेत्रबाट हुन सक्ने चुनावी प्रचार रोक्नका लागि परराष्ट्र मन्त्रालयलाई पत्र पठाइसकेको छ ।

निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा उम्मेदवारको पक्ष वा विपक्षबाट हुन सक्ने गतिविधि रोक्नुपर्ने देखिएको जनाएको छ । अब केही दिनमै परराष्ट्र मन्त्रालयले आयोगको आग्रहअनुसार दुई छिमेकी देशलाई कूटनीतिक पत्र पठाउनेछ ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार निर्वाचन आयोगको पत्र आइसकेकाले छिट्टै दुई देशको दूतावासमार्फत निर्वाचन प्रचार रोक्न आग्रह गर्न लागेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !