९ जेष्ठ २०८१, बुधबार

चिनियाँ विदेशमन्त्रीको भ्रमण अघि पश्चिमा कूटनीतिज्ञ तिब्बती शरणार्थी शिविरमा


चिनियाँ विदेशमन्त्री वाङ यी

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणको पूर्वसन्ध्यामा नेपालस्थित अमेरिका, बेलायत, अस्ट्रेलिया, फ्रान्सलगायत मुलुकका कूटनीतिज्ञले तिब्बती शरणार्थी शिविर निरीक्षण गरेका छन् ।

काठमाडौंस्थित कुटनीतिक नियोगका प्रतिनिधिले बधबार जावलाखेलस्थित शिविर निरीक्षण गरेको उच्च सुरक्षा स्रोतले पुष्टि गरेको छ । उनीहरूले त्यहाँको भौतिक अवस्था र त्यहाँ बस्ने तिब्बतीको खानपान, बसाइ, स्वास्थ्य, शिक्षालगायतबारे चासो राखेका थिए ।

चिनियाँ विदेशमन्त्री वाङले पछिल्लो पटक नेपालमा भइरहेका चीनविरोधी गतिविधिबारे प्रधानमन्त्री शेरबहादुर देउवालगायतसँग महत्वका साथ प्रश्न उठाउने तयारी गरिरहेका छन् । यही बेला कुटनीतिक नियोगका प्रतिनिधिले तिब्बती शिविर निरीक्षण गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !