२१ बैशाख २०८१, शुक्रबार

टिकट बाँड्न संसदीय बोर्ड बनाउँदै कांग्रेस


कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति

काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका उम्मेदवार छान्न संसदीय बोर्ड बनाउँदै छ ।

कांग्रेसले १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश र केन्द्रमा गरी यी तहमा विधानको व्यवस्थाअनुसार नै संसदीय समिति बनाउने तयारी गरेको हो । कांग्रेस विधानले निर्वाचनका लागि उम्मेदवार छान्न सबैभन्दा शक्तिशाली संरचना संसदीय समितिको परिकल्पना गरेको छ । यी विभिन्न तहमा गठन हुने समितिले तहगत रूपमा निर्वाचनका लागि उम्मेदवार छान्ने अधिकार राख्छन् ।

यी सबै तहमा १५ चैतभित्रै संसदीय समिति बनाउन पार्टीका सम्बन्धित तहलाई निर्देशन गरिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार उनी र अर्का महामन्त्री गगन थापाले संसदीय समिति बनाउन भन्दै केन्द्रबाट हस्ताक्षर गरी पत्र नै पठाएका छन् । यो समाचार आजको राजधनी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !