२२ बैशाख २०८१, शनिबार

८० दलको निवेदन जाँचबुझको प्रक्रिया अन्तिम चरणमा


निर्वाचन आयोग File Photo

काठमाडौं । स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरूको निवेदनका सम्बन्धमा जाँचबुझको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

आयोगले ती दलको सम्बन्धमा एकदुई दिनमै निर्णय गर्ने जनाएको छ । आयोगले फागुण ५ देखि १५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेकोमा ८० वटा दलले मात्र आयोगमा दर्ता गराएको थियो ।

आयोगबाट मान्यता प्राप्त दलको संख्या १ सय १० भए तापनि ८० दलले मात्रै स्थानीय चुनावमा भाग लिन दल दर्ता गरेका हुन् ।

संविधान र राजनीतिक दलसम्बन्धी ऐनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने व्यवस्था छ । दल दर्ताका लागि आएका निवेदनको अध्ययन गरेर आयोगले निर्णय गरी दर्ता भएका दलका नाम राजपत्रमा प्रकाशित गर्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

यसैबीच, निर्वाचन प्रयोजनले दर्ता भएका दलसँगै यस आयोगमा दर्ता कायम रहेका साना दलहरूले आफ्नो दलको चिह्न मतपत्रमा नराखेको भन्दै विरोध जनाएका छन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !