१५ जेष्ठ २०८१, मंगलबार

एमसीसी पास गर्ने कांग्रेसको निर्णय


काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति फाइल फोटो

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सत्तारूढ दलहरू विभाजित भइरहेका बेला प्रमुख सत्ताधारी दल नेपाली कांग्रेस भने सो परियोजना संसद्बाट अघि बढाउन एकमत भएको छ ।

बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीलाई आगामी संसद् बैठकबाट अघि बढाउने निर्णय गरेको हो ।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेस एमसीसीका विषयमा प्रस्ट रहेको र संसद् बैठकमा सो प्रस्ताव सरकारलाई अघि बढाउन आग्रह गरिएको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु