२१ बैशाख २०८१, शुक्रबार

नेपालमा ओमिक्रोन संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि त्रास


ओमिक्रोन

काठमाडौं । नेपालमा पछिल्ला दुई सातादेखि दैनिक मृत्यु हुनेको संख्या १० देखि १५ जनासम्म छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तेस्रो लहर सुरु भएदेखि कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ९० जना पुगिसकेको छ । आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या ११ छ, भने शनिबार मृत्यु हुने संख्या ९ थियो ।

कोरोनाका अन्य भेरियन्टको तुलनामा ओमिक्रोनलाई कम घातक भनिएका बेला नेपालमा भने ओमिक्रोन संक्रमण बढेसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको छ ।

सरकारले दीर्घरोगी, वृद्धवृद्धा र कोरोनाको खोप नलगाएको मृत्यु भएको भने पनि पछिल्लो तीन सातादेखि मृत्यु हुनेको संख्या बढेको तथ्यांकले देखाएको छ । यसले सर्वसाधारणमा त्रास पैदा गराएको छ ।

संसारभरका विज्ञहरूले डेल्टा र अन्य भेरियन्टको तुलनामा छिटो संक्रमण गर्ने भए पनि ओमिक्रोनले मृत्यु निम्ताउँदैन भनिरहेका छन् । नेपालमा मात्र होइन ओमिक्रोन फैलिएका अन्य देशमा पनि कोरोनाका बिरामीको मृत्यु संख्या भने घटन सकेको छैन ।

नेपालमा पछिल्ला दुई सातादेखि दैनिक मृत्यु हुनेको संख्या १० देखि १५ जनासम्म छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तेस्रो लहर सुरु भएदेखि कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ९० जना पुगिसकेको छ ।

आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या ११ छ, भने शनिबार मृत्यु हुने संख्या ९ थियो। यस्तै शुक्रबार ११ जनाको मृत्यु भएकामा बिहीबार यो संख्या १४ पुगेको थियो ।

चिकित्सकहरू भने कोरोना संक्रमण व्यक्तिको मृत्यु हुनुमा ओमिक्रोन भेरियन्ट मुख्य कारण नभएको दाबी गर्छन् । ओमिक्रोन संक्रमित व्यक्तिहरूमध्ये दीर्घ रोगी भएकाको मात्रै मृत्यु भएको चिकित्सकको दाबी छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !