२३ बैशाख २०८१, आइतबार

बहुमतको सरकार निर्माणमा जुट्न प्रधानमन्त्री देउवाको आह्वान


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौं । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनसम्ममा पार्टीलाई एकताबद्ध बनाई स्थानीय तहदेखि केन्द्र तहसम्म बहुमतको सरकार निर्माणमा जुट्न कार्यकर्तालाई आह्वान गरेका छन् ।

सभापतिमा निर्वाचित भएपछि ‘बधाई तथा शुभकामना’ दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका महाधिवेशन प्रतिनिधि तथा कार्यकर्तासँगको कुराकानीमा प्रधानमन्त्रीले काँग्रेसलाई एकढिक्का र बलियो बनाउन प्रत्येक कार्यकर्ताको योगदान महत्त्वपूर्ण हुने बताए ।

प्रधानमन्त्री देउवाले बधाई तथा शुभकामना दिन आउने महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताको जिज्ञासा धैर्य साथ सुन्नका साथै काँग्रेस पार्टीलाई वडा, पालिका, क्षेत्र र प्रदेश तहदेखि केन्द्रसम्म बलियो बनाउन सबैले त्याग र सङ्घर्ष गर्नुपर्ने सल्लाह दिनुभयो ।

काठमाडौँमा यही २४ गतेदेखि २७ गतेसम्म आयोजित १४औँ महाधिवेशनबाट पार्टीको दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका प्रधानमन्त्री देउवाले आफ्नो विजयमा अबिर जात्रा, विजय –याली र नाराबाजी गर्नसमेत रोक लगाउन निर्देशन दिएका थिए ।

यो काँग्रेसको आन्तरिक प्रतिस्पर्धा हो; अबिरदजात्रा, विजय –याली गर्नेजस्ता गतिविधिमा पूर्ण रूपमा रोक लगाइएको प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाले बताए । उनको गृहजिल्ला डडेल्धुरामा पनि ¥याली निकाल्ने काम नगर्न निर्देशन दिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !